झापामा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा जोखिम व्यवस्थापनको महत्वपूर्ण औजार होः अध्यक्ष राजवंशी 

२८ आश्विन २०८०, आईतवार १६:४९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले असोज २४ गते बुधबारका दिन झापाको गौरिगजं गाँउपालिकासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम गौरिगजं गाँउपालिकाका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा तथा नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख बिनोद कुमार पोखरेलको सभापतित्वमा गौरिगजं गाँउपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय, बीमाको आवश्यकता र महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, हालको बीमा बजारको अवस्था, बीमाको विकास तथा विस्तारको लागि स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरणको अपेक्षा लगायत विषयमा छलफल भएको कोशी प्रदेश कार्यालयले जनाएको छ ।

यसका साथै, गाँउपालिकाका अध्यक्षले बीमा जोखिम व्यवस्थापनको महत्वपूर्ण औजार रहेको कुरा व्यक्त गर्दै सो कार्यक्रम पश्चात आफुमा बीमा तथा यसको महत्व र स्थानीय सरकारद्धारा स्थानीय बासिन्दालाई पुर्याउन सक्ने योगदानको बारेमा धेरै जानकारी प्राप्त भएको हुँदा गाँउपालिकामा बीमाको बिस्तारका लागि आफ्नो तर्फबाट विशेष पहल गर्ने प्रतिबद्धता गरेकी थिइन् ।

गाँउपालिकामा बीमाको लागि बजेट विनियोजन गरिएको भएता पनि बीमा सम्बन्धी स्पष्ट ज्ञान नहुँदा उक्त बजेट रकमको सही सदुपयोग गर्न नसकिएको कुरा जानकारी गराईन् । अध्यक्षले आगामी दिनमा पनि प्राधिकरणबाट प्राविधिक सहयोग प्राप्त गरी आगामी योजनामा बीमालाई समावेश गर्नुका साथै जनप्रतिनिधिहरु मार्फत स्थानीय बासिन्दाहरुमा समेत बीमा सचेतना अभिबृद्धि गर्न मद्धत पुग्ने कुरा व्यक्त गरिन् । साथै‚ उनले आफ्नो क्षेत्रमा कृषि बीमाको विकास तथा विस्तार गरी सम्पूर्ण कृषकलाई यसको दायरामा ल्याउन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक पुष्पा खनालले स्वागत मन्तव्य दिएकी थिइन् भने सहायक निर्देशक मेलिना खरेलले कार्यक्रम संचालन गरेकी थिइन् । त्यस्तै नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख बिनोद कुमार पोखरेलले कार्यक्रममा प्रस्तुतीकरण गरेको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीय कृषक, व्यवसायी, सहकारी तथा वित्त क्षेत्रका प्रतिनिधी लगायत बीमकका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*