जन्मदिनमा मार्भिनले पाए प्रभु महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार

३० आश्विन २०८०, मंगलवार १५:३०

काठमाडौं । पछिल्लो समय देशका विभिन्न स्थानहरुमा विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो रहेको छ ।

यसैक्रममा ललितपुर विशालचोक निवासी युवा व्यवसायी एवम मोडल राज श्रेष्ठले छोरा मार्भिन श्रेष्ठलाई जन्मदिनको उपलक्ष्यमा जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड पाटन शाखाबाट सुनौलो किरण बीमा योजना उपहार स्वरुप प्रदान गरेका हुन् ।

जीवन किरण बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्तता सुविधा, मासिक आय सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको बीमा योजना उपहार दिएका हुन् । पछिल्ला दिनहरुमा जीवन बीमाको महत्व बुझेका अभिभावकहरुले आफ्ना सन्तानहरुको जन्मदिनमा सुनौलो किरण बीमा योजना उपहार दिने प्रचलन बढ्दै गएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बागमती उप क्षेत्रीय प्रमुख मदन विष्टले बताए ।

कम्पनीको पाटन शाखा प्रमुख प्रकाश अधिकारीले अन्य जिन्सी वा खेलौना उपहार भन्दा जीवन बीमा उपहार दिँदा बच्चाको शिक्षा दीक्षा एवं उज्ज्वल भविष्य सुनिश्चित हुने बताए । पाटन शाखाका वरिष्ठ एजेन्सी म्यानेजर विजय कुमार राईको संयोजनमा जन्मोत्सवकै दिन बीमालेख हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बागमती उप क्षेत्रीय प्रमुख मदन विष्ट, पाटन शाखा प्रमुख प्रकाश अधिकारी, बीमा लिडर सहित पारिवारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*