बीमा अभिकर्ता र सर्भेयरसँग बीमा प्राधिकरणले गर्‍यो शुभकामना आदानप्रदान

३० आश्विन २०८०, मंगलवार १६:१५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर जीवन तथा निर्जीवन बीमा कम्पनीका अभिकर्ता र सर्भेयरसहितको शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो ।

शुभकामना आदानप्रदानका क्रममा प्राधिकरणले लुम्बिनी प्रदेशमा क्रियाशील अभिकर्तालाई संस्थागत सुशासन कायम गरेर बीमा व्यवसाय गर्न आग्रह गरेको छ । त्यसका लागि प्राधिकरणले आफ्नो तर्फबाट आवश्यक समन्वय, सहजीकरण र सहकार्य गर्ने बताएको छ ।

लुम्बिनी प्रदेशमा बीमाको विकास तथा विस्तार गर्नका लागि प्राधिकरणले बीमा कम्पनीहरुलाई साथ र सहयोग गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*