सबै बीमा कम्पनीहरु नविकरण (सूचीसहित)

२ कार्तिक २०८०, बिहीबार १०:४०

काठमाडौं । बीमा, निर्जीवन बीमा, पुर्नर्बीमा र लघुबीमा कम्पनीहरु नविकरण भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर सबै बीमा कम्पनीहरुको २०८० असोज मसान्तसम्मको अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार २०२५ सालमा दर्ता भएको राष्ट्रिय बीमा संस्थानसहित १४ बीमा कम्पनी र २००४ सालमा दर्ता भएको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसहितका १४ निर्जीवन बीमा कम्पनी नविकरण भएका छन् ।

यस्तै, २ पुनर्बीमा कम्पनी र ६ लघुबीमा कम्पनी अद्यावधिक भएको विवरण प्राधिकरणले बीमा ऐन २०७९ को दफा ३५ को प्रयोजनका लागि ब्रोडसिड अखबारमा प्रकाशित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*