पेशागत बीमा अभिकर्ता संघ नेपाल दमक शाखा समितिको चौथो अधिवेशन सम्पन्न

२ कार्तिक २०८०, बिहीबार १२:३८

झापा । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बिमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखा समितिको चौथो अधिवेशन दमक झापामा सम्पन्न भएको छ ।

अधिवेशनबाट नविन ताम्रकार अध्यक्ष सहित १५ सदस्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा तिलरुपा सुवेदी दाहाल, सचिव लालबहादुर खड्का, उपसचिव रमा दुलाल पाठक र कोषाध्यक्ष बिशाल अधिकारी रहेको समिति चयन भएको छ ।

समितिको सदस्यहरुमा क्रमशः हरिकुमार कार्की, सुधा कन्दङ्वा, रेश्मा लिम्बू, अर्जुन त्रिपाठी, अजय शाह, इन्दिरा थापा, लक्ष्मी बेघा, होमनाथ अधिकारी, हरिहर दुलाल र मनितलाल धिमाल रहेका छन् ।साथै अधिवेशनले ३ सदस्य सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा संयोजक नरेश बंजरा सदस्यहरु भगिरथा उप्रेती र जीवन ज्योती बज्राचार्य रहेका छन् ।

अधिवेशन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता नरेश बंजराले गरेका थिएभने सञ्चालन तीलरुपा सुवेदी दाहालले गरेकी थिइन ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष चन्द्रकला सुवेदी पौडेल, केन्दीय सचिव तेजप्रसाद तिवारी, केन्द्रीय सदस्यहरु तेजमणी प्रसाईं, भक्तीप्रसाद भट्टराई, सीता थेवे, संस्थाको निवर्तमान केन्द्रीय सचिव रामकुमार बुढाथोकी, लाइन्स क्लव अफ दमक गोल्डका अध्यक्ष नन्दकुमार राई, लगायत चन्द्रगढी,बिर्तामोड,सुरूङ्गा सहित विभिन्न ठाउँ का बिशिष्ट व्यक्तिहरू, साथै एजेन्सी म्यानेजर,ब्यबसाय संयोजक, अभिकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो भने सम्पूर्ण अभिकर्ता एक जुट हौं भन्ने मूल नाराका साथ यो संगठनले बीमित र अभिकर्ताका हक हितका कार्यमा गर्दै आएको छ।।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*