सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

२ कार्तिक २०८०, बिहीबार १६:२७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले समता एजुकेसन फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले सातौं वर्ष प्रवेश गरेको अवसरमा फाउण्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको हो ।

बिहीबार आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, सञ्चालक समिति सदस्यहरु तथा नायव प्रमुख कार्यकारी अधिकृत दशरथ मणी खड्काले संयुक्त रुपमा समता एजुकेसन फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । यस प्रकारको सहयोगले फाउण्डेसनलाई छात्रवृत्ती कोष स्थापना गरी विद्यालय सञ्चालन गर्दा केही आर्थिक सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

यसका साथै कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानहरुमा बीमा साक्षरता अभियान, र्याली, रक्तदान लगायत सिपमूलक तालिम र शैक्षिक सामग्री वितरण तथा दृष्टिविहीन व्यक्तिलाई सेतो छडि प्रदान जस्ता सामाजिक कार्यहरु गरिरहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*