बीमा प्राधिकरणले गर्‍यो सरोकारवालासँग शुभकामना आदानप्रदान

३ कार्तिक २०८०, शुक्रबार १३:२९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर सरोकारवालाहरुसँग आदानप्रदान गरेको छ । प्राधिकरणले आफ्नै संघीय कार्यालय कुपण्डोलमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्राधिकरणका पदाधिकारीसँगै जीवन बीमा, निर्जीबन बीमा, पुनर्बीमा तथा लघुबीमा कम्पनीका प्रमुख प्रतिनिधिहरु, सर्भेयर तथा अभिकर्ताहरुसहितका सरोकारवालाहरु सहभागी भए ।

कार्यक्रममा शुभकामना आदानप्रदान सँगसँगै बीमा पहुँच, पोलिसी र कार्यक्रम कार्यान्वयन सन्दर्भमा जानकारहरुले आ-आफ्नो धारणा राखेका छन् । वक्ताहरुले बीमाप्रति आकर्षण बढेको भए पनि कार्यान्वयनत तहमा देखिएका कठिनाइहरुलाई चिर्नु पर्नेमा जोड दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*