दशैंको मुखमा बीमा क्षेत्रमा उच्च गिरावट, कुनको कतिले घट्यो ?

३ कार्तिक २०८०, शुक्रबार १४:३७

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४ अंकले घटेर रोकिएको छ । नेप्सेमा गिरावट आउदा जीवन तथा निर्जीवन बीमा उपसूचकसमेत घटेको हो ।

जीवन बीमा

बिहीबार जीवन बीमा परिसूचक ३४.९५ अंकले घटेर ९ हजार ९७९ को विन्दुमा कायम भएको छ । सो दिन जीवन बीमा उपसूचक ०.३४ प्रतिशतले घटेको छ ।
बिहीबार जीवन बीमा क्षेत्रबाट कुल ११ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये ८ वटा जीवन बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ भने ३ वटा जीवन बीमा कम्पनीहरुको मात्र शेयरमूल्य बढेको छ ।

निर्जीवन बीमा

बिहीबार निर्जीवन बीमा परिसूचक ४२.३२ अंकले घटेर ९ हजार ७९३ को विन्दुमा कायम भएको छ । सोेसँगै निर्जीवन बीमा उपसूचक पनि ०.४३ प्रतिशतले घटेको हो ।

साता कारोबारको अन्तिम दिन बिहीबार निर्जीवन बीमा क्षेत्रबाट कारोबारमा आएका कुल १२ कम्पनीहरुमध्ये ४ वटा निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्य बढ्दा ८ वटा निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्य भने घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*