साना नानीहरुलाई दशैंको उपयुक्त उपहार के ? ‘बीमा पोलिसी’

५ कार्तिक २०८०, आईतवार १२:४३

काठमाडौं । दशैंमा बालबालिकाले मान्यजनबाट टीका, प्रसाद र आशिर्वादसँगै दक्षिणा पनि प्राप्त गर्छन् । चाडबाडलाई थप उमंगमय बनाउन कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई विभिन्न उपहार समेत दिने गर्दछन् ।परम्परागत रुपमा अभिभावकले बालबालिकालाई रुचीका वस्तु, खेलौना वा महँगा सरसामान उपहार दिने प्रचलन छ । उपहार दिने यो चल्तीलाई थोरै बदल्ने हो भने त्यसले तपाईंका छोराछोरीको भविष्य उज्वल बनाउन महत्वपूर्ण सावित हुनसक्छ ।

अभिभावकले आफ्ना छोराछोरीलाई क्षमताअनुसारका बीमा पोलिसी उपहारस्वरुप दिने हो भने त्यसले बालबालिकाको उज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नसक्छ ।

यी हुन बालबालिकाका लागि उपयुक्त बाल बीमा योजनाहरु

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्ससँग केटाकेटी जीवन बीमा र बाल शिक्षा बीमा योजना छ । दुबै पोलिसीमा न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्मको बीमा गर्न सकिन्छ । जुन पोलिसी १९ वर्षमा (म्याच्योर्ड) परिपक्व हुनेछ ।

हिमालयन लाइफ इन्स्योरेन्स

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १५ वर्षसम्मका बालबालिको लागि बाल सुरक्षा सावधिक जीवन बीमा योजना ल्याएको छ । यो योजनामा ५० हजार रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्मको सुविधा लिन सकिन्छ । यो अधिकतम ३० वर्षमा परिपक्व हुने योजना हो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १५ वर्षसम्मका बालबालिकाको लागि ‘सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा’ योजना ल्याएको छ । यो योजना न्यूनतम १ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । यो योजना बढीमा २५ वर्षमा परिपक्व हुनेछ ।

रिलायबल लाइफ इन्स्योरेन्स

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले १५ वर्ष सम्मका बालबालिकालाई ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’योजना ल्याएको छ । यो योजना न्यूनतम तीन लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । घटीमा वर्ष १८ र बढीमा ६९ वर्षमा यो योजना परिपक्क हुन्छ ।

हिमालयन लाइफ इन्स्योरेन्स

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १३ वर्षसम्मका बालबालिकालाई ‘चाइल्ड इन्डोमेन्ट लाइफ एसुरेन्स प्लान’ योजना ल्याएको छ । यो योजना न्यूनतम ५० हजार रुपैयाँदेखि खरिद गर्न सकिन्छ । यो योजना न्यूनतम १३ वर्षदेखि अधिकतम ६५ वर्षको समयमा परिपक्क हुन्छ ।

नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ वर्षदेखि १५ वर्षसम्मका बालबालिकाको लागि ‘बाल अमृत इन्डोमेन्ट पोलिसी’ ल्याएको छ । यो योजना न्यूनतम ५० हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । यो न्यूनतम ११ वर्षदेखि २० वर्षको समयमा परिपक्क हुने योजना हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले न्युनतम जन्मेको ३० दिनदेखि १५ वर्षसम्मका बालबालिकाको लागि ‘जीवन उन्नती बीमा (चाइल्ड मनी व्याक प्लान)’ नामक बीमा योजना ल्याएको छ । यो न्यूनतम ५० हजार रुपैयाँदेखि ७५ लाख रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । यो घटीमा १६ वर्ष र बढीमा ७० वर्षको समयमा परिपक्क हुन्छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स

सन नेपाल लाइफ इन्स्योरेन्सले १५ वर्षसम्मका बालबालिकाको लागि ‘बाल समृद्धि जीवन बीमा’ नामक बीमा योजना ल्याएको छ । यो योजना विभिन्न छुट सुविधासहित ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । यो योजना ३० वर्षको समयमा परिपक्क हुन्छ ।

एलआईसी नेपाल लाइफ

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले १० वर्षसम्मका बालबालिकाहरुका लागि ‘चिल्डे«न इन्डोमेन्ट प्लान’ नामक बीमा योजना ल्याएको छ । यो योजना न्युनतम ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ वर्षसम्मका बालबालिकाको लागि ‘मेरो मुटु बाल बीमा योजना’ नाम गरेको बीमा योजना ल्याएको छ । यो योजना विभिन्न छुट सुविधासहित ५० हजार रुपैयाँदेखि ५० लाखसम्ममा खरिद गर्न सकिन्छ । यो योजना न्यूनतम २५ वर्षदेखि ६५ वर्षको समयमा परिपक्क हुन्छ ।

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले १५ वर्षसम्मका बालबालिकाको लागि ‘आइएमई बाल किरण जीवन बीमा योजना’ नामक बीमा योजना ल्याएको छ । यो योजना न्यूनतम १ लाख रुपैयाँदेखि माथि खरिद गर्न सकिन्छ । यो योजना न्यूनतम १६ वर्षदेखि २५ वर्षको समयमा परिपक्क हुन्छ ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्सले १७ वर्षसम्मका बालबालिकाको लागि ‘एशियन चाइल्ड एसेरेन्स प्लस’ नामक बीमा योजना ल्याएको छ । यो योजना न्युनतम ५० हजार रुपैयाँदेखि माथिसम्म खरिद गर्न सकिन्छ । र, यो योजना ३२ वर्षको समयमा परिपक्क हुन्छ ।

राष्ट्रिय बीमा संस्थान

राष्ट्रिय बीमा संस्थानले १५ वर्षसम्मका बालबालिकाको लागि ‘बाल उमंग जीवन बीमा योजना’ नाम गरेको बीमा योजना ल्याएको छ । यो योजना न्यूनतम १ लाख रुपैयाँदेखि माथिसम्म खरिद गर्न सकिन्छ । यो ६५ वर्षमा परिपक्क हुने योजना हो ।

मेट लाइफ इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्सले बालबालिकाको लागि ‘एजुकेशन प्रोटक्सन प्लान’ नामक बीमा योजना ल्याएको छ । यो बीमा योजना जन्मिएको १ महिनादेखि २५ वर्षसम्मका व्यक्तिलाई उपयुक्त छ । घटीमा ५० हजार रुपैयाँदेखि बढीमा ५० लाख रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । यो योजना न्यूनतम १० देखि २५ वर्षको समयमा परिपक्क हुन्छ ।

जीवन बीमा कसरी गर्ने ?
नेपालमा १९ जीवन बीमा कम्पनीहरु संचालनमा छन् । उनीहरु विभिन्न जिल्लामा शाखा कार्यालय सञ्चालन गरेर बीमितहरुलाई सुविधा प्रदान गर्दै आइरहेका छन् । जीवन बीमा अभिकर्तामार्फत तपाईंले आफ्ना दिदी वा बहिनीको बीमा प्रस्ताव गर्न सक्नुहुन्छ । त्यसको लागि सबैभन्दा पहिले आफ्नो आम्दानीको हिसाब किताब राम्रोसँग गर्नु पर्ने हुन्छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र निजी क्षेत्रका १८ कम्पनीले यो सेवा प्रदान गर्छन् । हामीले आफूलाई पायक पर्ने स्थानमा आफूले बीमा गराउन सक्छौँ । बीमा कम्पनीमा बीमा अभिकर्ता हुन्छन् । अभिकर्ताहरुको सल्लाह बमोजिम आफूले सक्ने बजेट अनुसारको बीमा पोलिसी खरिद गर्न सकिन्छ । साथै बीमा कम्पनीहरुको वेबसाइटमा गएरपनि बीमा पोलिसीबारे बुझ्न सकिन्छ । दाजुले बहिनीलाई बीमा पोसिली खरिद गरी (संरक्षकत्व ग्रहण गरी) बीमा पोलिसी उपहार समेत दिन मिल्ने भएकाले आज दिएर भोलि नदेखिने भन्दा भविष्यमा ठूलै गर्जो टर्ने बीमा पोलिसी पो उपहार दिने हो कि ?

बीमा गर्न कति रुपैयाँ तिनुपर्छ ?
कति रुपैयाँको बीमा गर्ने भन्ने स्वयं बीमितले आफ्नो आम्दानी अनुसार निर्णय लिन सक्छन् । बीमा रकम वार्षिक, अर्धवार्षिक वा ती–तीन महिनामा पैसा तिर्न सकिन्छ । सानो बीमाङ्कको बीमा गर्दा सानै रकम तिर्नुपर्छ भने ठूलो आकारको बीमा गर्दा बढी नै रकम तिर्नुपर्छ । त्यसैले तपाईको आम्दानी कति हुन्छ त्यसै अनुसार बीमा गर्न सक्नुहुन्छ । ५० हजार रुपैयाँमाथि जति बीमाङ्कको पनि बीमा गर्न सकिन्छ ।

सामान्यतया पाँच देखि ५४ वर्ष अवधिसम्मको बीमा गर्न सकिन्छ । यदि तपाईंको उमेर ३० वर्ष छ र तपाईको आम्दानीले १५ वर्ष अवधिको ५ लाखको बीमा लागि गर्नु भयो भने वार्षिक ३३ (अनुमानित करिब) हजार रुपैयाँ कम्पनीलाई तिर्नुपर्छ ।

कहाँ सम्पर्क गर्ने ?
तपाईहरुका नजिकै जो कोही एजेन्ट हुनुहुन्छ भने उहाँलाई सम्पर्क गरेर बीमा पोलिसी लिन सकिन्छ । कुन कम्पनीमा जीवन बीमा गर्ने भन्ने प्रश्नको जवाफ भने बीमित आफैंले विभिन्न कम्पनीहरुले दिने फाइदा हेरेर छनोट गर्न सक्नुहुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*