बीमा क्षेत्रमा दशैंको रौनकः अध्यक्ष सिलवालदेखि सिईओहरु आफन्तसँग रमाउँदै दशैं मनाउँदै

रिना खत्री
६ कार्तिक २०८०, सोमबार १८:३३

काठमाडौं । यस वर्षको दशैं हरेक नेपालीको घर आँगनमा आइसकेको छ । सिंगो देश दशैंमय भएको छ । दशैं पर्वको अवसरमा सरकारी तहमा रहेका र निजि क्षेत्र मात्रै नभई सामान्य जनता समेत दशैं भव्य रुपमा मनाइरहेका छन् । यसैक्रममा बीमा क्षेत्रमा पनि भव्यतापूर्वक दशैं मनाइएको छ । नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालदेखि बीमक कम्पनीका सिईओहरु सम्मले दशैं भव्य र सभ्य रुपमा रमाइलो गर्दै मनाइरहेका छन् ।

कोही घरैमा बसेर परिवारको साथमा दशैं मनाइरहेका छन् भने कतिपय घुमफिर गरेर त कतिपयले साथीभाइहरुसँग भेटघाट गरेर दशैं मनाइरहेको प्रतिक्रिया दिएका छन् । बीमा क्षेत्रका कसले कसरी दशैं मनाइरहेका छन् ?

नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवाल
बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले काठमाडौंमा परिवारसँग बसेर हर्षोल्लासपूर्वक दशैं मनाउँदै छन् । उनले यो पटक दशैं परिवारको साथमा नै बसेर मनाइरहेको बताए । यो बर्षको दशैंमा भने उनले घुम्न जाने योजना बनाएका छैनन् । बर्षदिनमा आउने चाडपर्व सबै समस्त बीमाकर्मी र बीमितहरुलाई भव्यताका साथ मनाउन आह्वान गर्दै अध्यक्ष सिलवालले सम्पूर्ण बीमाकर्मीहरु बीमा अभिकर्ताहरु, बीमा कर्मचारीहरु, लगानीकर्तासहित सबै बीमितहरुलाई शुभकामना ज्ञापन गरेका छन् ।

नेपाल बीमा प्राधिकरण कार्यकारी निर्देश, राजुरमण पौडेल
बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको यो बर्षको पहिलो टीकाको रुपमा काठमाडौंमा नै मनाउन लागेको बताए । यद्यपि यस वर्षको बिजया दशमीको टीका लगाइसकेपछि आफन्तजन, मान्यजनको हातबाट टीका ग्रहण गर्न राजधानी बाहिर समेत जाने योजना रहेको बताए । दशैंलाई भव्य रुपमा मनाउन उनले सबैलाई आह्वान गर्दै शुभकामना ज्ञापन गरेका छन् ।

नेपाल पुनर्बीमा कम्पनी सिईओ, शंकर कुमार रायमाझी
यो बर्ष दशैं मनाउन काभ्रे जिल्लामा योजना रहेको उनले सुनाए । दशैंको दिनमा विदेशबाट छोरा बुहारी आउने हुँदा दशैंको दिन नै काभ्रे जाने योजना रहेको अनुभव सुनाउँदै दशैं हर्षोल्लासपूर्वक मनाइरहेको बताए । प्रत्येक बर्ष झै यो बर्षपनि दशैंलाई पारिवारिक मिलन, इष्टमित्रसँग दशैं मनाउन लागेको सिईओ रायमाझीले बताए ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री
‘प्राय दशैंमा म उपत्यका बाहिर नै हुन्थ्यो । यो बर्ष भने म काठमाडौंमा नै दशैं मनाउदैछु ।

निर्जीवन बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ चंकी क्षेत्रीले आफ्नो आमा राजधानी काठमाडौंमै रहेकाले यसपालीको दशैं राजधानीमै मनाउँर्दैछन् ।

आमाको इच्छा भने पूर्णिमाको दिनसम्म एकपटक मात्रै भए पनि गाउँ पुग्नुपर्ने रहेकाले काठमाडौंमा टीका लगाएर गाउँ पुग्न सकिने उनले संभावना व्यक्त गरे । क्षेत्रीले दशैंको लागि अन्य नयाँ स्थानमा जाने बारे कुनै योजना नरहेको बताए ।

दशैंलाई भव्य र हर्षोल्लासपूर्वक मनाएर परिवारको साथमा खुशी हुने बताए ।

जीवन बीमक संघ नेपाल पोषकराज पौडेल
जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अहिले यतिबेला एक बीमासम्बन्धी तालिमका लागि अमेरिकामा छन् । उनले यसपालीको दशैं अमेरिकामा नै मनाउँदै छन् ।

प्रभु इन्स्योरेन्स सिईओ संचित ब्रजाचार्य
यस वर्षको दशैंमा प्रभु इन्स्योरेन्स कम्पनीका सिईओ संचित बज्राचार्य घरैमा बसेर हासीखुशी मनाउने बताउँछन् । ‘दशैमा लामो समयको बिदा हुन्छ । बर्षको दिनमा एक दिन छुटि हुन्छ । त्यसैले दशैमा घुम्न जान भन्दा पनि घरैमा खुशी हुन्छु ।’
परिवारिक भेटघाट र परिवारलाई समय बिताँएर नै जान्छ । आफूभन्दा ठूलाबडाको आशिवाद र भेटघाटले मन थप प्रफुल्ल बनाउने उनी बताँउछन् । ‘संयुक्त परिवारमा बस्ने भएको कारण चाडपर्वमा थप रमाईलो हुनेछ, सिईओ बज्राचार्यले थपे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*