नेशनल लाइफद्वारा भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई सहयोग

१२ कार्तिक २०८०, आईतवार १२:५६

नेशनल लाइफ इन्स्योरेन्सले भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई सहयोग गरेको छ । कम्पनीले गत असोज १६ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको बझाङको श्री बालविकास माध्यमिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।

जयपृथ्वीनगरपालिका–४ स्थित बालविकास माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विद्यालयका प्रधानाध्यापक केशरबहादुर खातीलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको र यस सहयोगले पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई सहयोग पुग्ने उनले बताए ।

उक्त कार्यक्रममा प्रधानाध्यापक खातीले शिक्षाका लागि कम्पनीले विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालय पुनर्निर्माण गरिने जानकारी दिँदै आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनी र सिइओलाई धन्यवाद दिए । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गनबहादुर खातीको समेत उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*