नेपाल लाइफको विलम्ब शुल्क छुट अवधि सकिन सात दिन बाँकी

१२ कार्तिक २०८०, आईतवार १४:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विलम्ब शुल्क छुट अवधि सकिन अब सात दिनमात्र बाँकी रहेको छ । कम्पनीले व्यतित बीमालेखहरु नवीकरण गर्दा कात्तिक १९ गतेसम्म छुट दिनेछ ।

कम्पनीले १८० दिन वा सोभन्दा माथि २ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, २ वर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशतसम्म, ५ वर्ष भन्दा माथि व्यतित भएका बीमालेखहरुमा १० प्रतिशत छुट प्रदान गरिरहेको छ ।

यसरी व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमालेखमा लाग्ने विलम्ब शुल्कमा अधिकतम ३० हजार रुपैयाँभन्दा बढी छुट नहुने कम्पनीले जनाएको छ ।

One thought on “नेपाल लाइफको विलम्ब शुल्क छुट अवधि सकिन सात दिन बाँकी

  1. Aarohi jaiswal says:

    Mero total amount kati tirnu parne ho

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*