दशैंपछि बीमा क्षेत्रमा चर्काे गिरावट, कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ? (एलटीपीसहित)

१२ कार्तिक २०८०, आईतवार १८:०२

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से २८ अंकले घटेर १८७५ विन्दुमा कायम भएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा बीमा क्षेत्रमा पनि चर्काे गिरावट आएको हो ।

जीवन बीमा
आइतबार जीवन बीमा परिसूचक १९७.१२ अंकले घटेर ९७८१.८९ विन्दुमा कायम भएको छ । आज जीवन बीमा उपसूचक १.९७ प्रतिशतले ओरालो लाग्दा जीवन बीमा सेक्टरबाट कारोबारमा आएका ११ वटै कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको छ ।

आज आईएमई लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ३.०९ प्रतिशतले घटेको छ भने नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कम १.२३ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, आज हिमालयन लाइफको शेयरमूल्य सर्वाधिक कम ३८८ रुपैयाँमा कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पाेरेशनको सर्वाधिक १ हजार ३२५ रुपैयाँमा शेयर कारोबार भएको छ ।

निर्जीवन बीमा
आइतबार निर्जीवन बीमा परिसूचक १९२.७२ अंकले घटेर ९६०१.२१ विन्दुमा कायम भएको छ । निर्जीवन बीमा उपसूचक पनि १.९६ प्रतिशतले घटेको छ । आज निर्जीवन बीमा सेक्टरमा चर्काे गिरावट आउँदा कारोबारमा आएका १२ वटै कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ५.१४ प्रतिशतले घटेको छ भने नेको इन्स्योरेन्सको सर्वाधिक कम ०.८६ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै आज, सानिमा जीआईसीको शेयरमूल्य सर्वाधिक कम ४३९ रुपैयाँमा कारोबार भएको छ भने राष्ट्रिय बीमा संस्थाको शेयरमूल्य सर्वाधिक १३ हजार रुपैयाँमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*