नेपाल लाइफको सुनौलो भविष्य जीवन बीमाको एकल बीमा पोलिसी स्थगित गर्ने निर्णय, सावधिक बीमा पोलिसी सुचारु रहने

१३ कार्तिक २०८०, सोमबार ०७:२८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुनौलो भविष्य जीवन बीमा पोलिसी अन्तर्गत एकल बीमा शुल्क अन्तर्गत जारी हुने बीमा गर्ने पोलिसी आगामी मंसिर १ गतेबाट स्थगित गर्ने निर्णय गरेको छ । सर्वाधिक रुचाइएको सुनौलो भविष्य बीमा पोलिसी अन्तर्गतका सावधिक बीमा पोलिसीहरु जारी रहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफद्धारा कार्तिक १२ गते जारी सर्कुलर अनुसार आगामी मंसिर १ गतेदेखि लागू हुने गरी सुनौति भविष्य जीवन बीमा अन्तर्गत मुद्दति प्रकृतिको सुरुमा नै अग्रिम बीमा शुल्क बुझाएर बीमा गर्न पाइने व्यवस्था (सिंगल प्रिमियम) हाललाई स्थगित गर्ने निर्णय गरिएको हो । कम्पनीका अनुसार आगामी मंसिर १ गतेबाट पोलिसी कोड नं १८ अन्तर्गतको कूल बीमाङ्क रकमको एकमुष्ठ बीमा शुल्क लिएर जारी गरिने यस्तो बीमापोलिसीहरु मात्रै जारी हुनेछैनन् । नयाँ व्यवस्थाले बार्षिक वा मासिक रुपमा बीमा प्रिमियम तिरेर बीमा गर्ने बीमितहरुलाई कुनै असर पर्नेछैन ।

सो बीमा पोलिसी अन्तर्गत दुई व्यवस्था थिए सावधिक र एकल बीमा शुल्क । सावधिक भन्नाले प्रत्येक वर्ष र अर्धबार्षिक रुपमा बीमा शुल्क बुझाउने र एकल भन्नाले बीमा अवधीको सबैकिस्ता एकमुष्ठ बुझाउने । पछिल्लो समय नियामक र एक्चुरी दुवैले एकल बीमा शुल्कलाई निरुत्साहित गर्दै आएका छन् । नेपाल लाइफ स्रोतका अनुसार एक्चुरीको टिप्पणीसँगै एकल बीमा शुल्क सुविधाको सुनौलो भविष्य बीमा पोलिसी हाललाई स्थगित गरिएको हो ।

यसैबीच, बीमा अभिकर्ताहरुले भने उक्त बीमा पोलिसी तत्काल खुलाउन माग गर्न थालेका छन् । बीमितहरुको सर्वाधिक रोजाईको बीमा पोलिसी स्थगित गर्न नहुने उनीहरुको तर्क छ । उता, कम्पनीले भने एक्चुरीको रिमार्कपछि अब उक्त पोलिसीलाई थप संशोधनसहित खुल्ला गर्ने वा बन्द गर्ने निर्णय हुने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*