बीमा प्राधिकरणले नयाँ बीमा पोलिसी डिजाईन र संसोधन गर्ने

१५ कार्तिक २०८०, बुधबार ०८:०१

काठमाडौें । नेपाल बीमा प्राधिकरणले बीमा पोलिसी डिजाइन र संसोधन गर्ने भएको छ । बीमा प्राधिकरणले पोलिसी संसोधन र डिजाईन गर्नको लागि एक्चुरी समेत आह्वान गरेको छ ।एक्चुरी भ्यालुएसनको काम सुचारु गर्न प्राधिकरणले एक्चुरीलाई रोष्टरमा सहभागी हुन आग्रह समेत गरिसकेको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले हाल बन्द रहेको बाल बीमा पोलिसी जारी गर्ने कार्य यही कार्तिक मसान्तसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

नियामक निकाय बीमा प्राधिकरणले कार्तिक समान्त अर्थात मंसिर १ गतेदेखि बाल बीमा पोलिसी जारी गर्न नपाउने जनाएको छ । नियामक निकायले बाल बीमा पोलिसीभित्रका विकृति तथा यसभित्रका विभिन्न समस्याका कारण बाल बीमा पोलिसीमाथि रोक लगाउने निर्णय गरेको थियो ।हाल बन्द रहेको बाल बीमा पोलिसी  खुल्ला भएको छ भने कार्तिक मसान्तसम्म बाल बीमा पोलिसी जारी गर्न पाइनेछ ।सो पश्चात् पोलिसी स्वत बन्द हुनेछन् ।

हाल भएका बीमा पोलिसीहरुमा समस्या तथा विकृतिले गर्दा प्राधिकरणले पोलिसी रिभ्यू र डिजाईन गर्ने योजना बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*