प्रिमियममा आईपीओ अनुमति दिने दुई धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई लेखा समितिको स्पष्टीकरण

१५ कार्तिक २०८०, बुधबार २१:०७

काठमाडौं । प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिने नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डलाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेको छ । लेखा समितिको पत्र सेबोनमा दर्ता भएको बुधबार अबेर एक अधिकारीले पुष्टि गरेका छन् । साथै लेखाकै पत्र बीमा प्राधिकरणमा समेत पुगेको छ ।

प्रिमियममा अइपीओ निष्काशन गर्न अनुमति दिएको बिषयमा सेयर लगानीकर्ताहरुले दिएको उजुरीको आधारमा दुई नियामक निकायसँग लेखा समितिले स्पष्टीकरण माग गरेको हो । साथै बीमापोष्टमा प्रिमियम मूल्यमा आईपिओ निष्काशनको अनुमति दिएर बीमा प्राधिकरण र सेबोनले गरेको संविधानको धज्जी उडाएको सम्बन्धी समाचार हिजो प्रकाशित भएको थियो ।

बीमा ऐन, २०७९मा रहेको व्यवस्था उल्लंघन गर्दै बीमा प्राधिकरण र धितोपत्र बोर्डले ४ वटा जीवन बीमा कम्पनीलाई प्रिमियममा ल्याउन दिएको भन्दै लगानीकर्ताहरुले विरोध गर्दै आएका छन् । त्यस्तै, नेटवर्थ नै कमचोर भएका कम्पनीहरुलाई प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न दिएको बिषयमा पनि सपष्ट सोधिएको छ । सोनापुर सिमेन्ट र घोराही सिमेन्टलाई नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न अनुमति दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*