आजदेखि बीमा र बैंकिङ क्षेत्रको कार्यालय अवधि घट्यो, कति बजेसम्म सेवा लिन सकिन्छ ?

१६ कार्तिक २०८०, बिहीबार १२:२१

काठमाडौं । आजदेखि बीमा र बैंकिङ क्षेत्रको कार्यालय अवधि घटेको छ। बीमा कम्पनीहरु चार बजेसम्म खुल्ला हुनेछ भने बैंकहरु ३ बजेसम्म सुचारु हुने भएको छ।

आजबाट लागू हुने गरेर बीमा र बैंकिङ समय १ घन्टा कम भएको हो। राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय रहने तोकेको छ। बीमा कम्पनीहरुको भने तोकिएको छैनन् ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म बैंकिङ समय हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १२ः३० बजेसम्म बैंकिङ समय हुनेछ।

यसैगरी राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ५ बजेसम्म बैंकहरुको कार्यालय समय रहने तोकेको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म कार्यालय समय हुनेछ।

उता सरकारी कार्यालयहरु पनि आजदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ। सोहीअनुसार सरकारी कार्यालयहरु आजबाट अपराह्न ४ बजेसम्म मात्रै खुल्ने भएका हुन्।

जाडोयाममा सरकारी कार्यालयको दैनिक सेवा समय १ घन्टा कम हुने प्रावधानअनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*