वैदेशिक रोजगारका क्रममा घातक रोगको शिकार भएका बीमितलाई सन् नेपाल लाइफद्वारा दाबी भुक्तानी

१६ कार्तिक २०८०, बिहीबार १३:५४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले दाबी बापत बीमितलाई ५ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

साउदी अरबमा वैदेशिक रोजगारमा गएका रम्भा गा.पा. ४, पाल्पाका देवी बहादुर सूर्यवंशीलाई किड्नीसम्बन्धी घातक रोग लागेको पुष्टी भएको थियो । उनले वैदेशिक रोजगारमा जाने बेलामा सन नेपाल लाइफमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए ।

विदेश गएको ९ महिनामै बीमितको किड्नीमा समस्या देखिएपछि उनले नेपाल आएर बीमा दाबी गरेको र उक्त दाबी बापत सन नेपाल लाइफले ५ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

किड्नीको उपचारमा नियमित हुने खर्चले अत्यन्तै अप्ठ्यारो परेको समयमा, कम्पनीबाट उक्त रकम पाएपछि उपचारमा सहज हुने भन्दै बीमितले राहत महसुस भएको बताए । साथै जीवन बीमाले मानिसको जीवनलाई आर्थिक रुपमा सुरक्षित गराउने हुँदा बीमा सबैको लागि अत्यावश्यक रहेको प्रवन्धक सन्तोष कुँवर क्षेत्रीले बताए ।

उक्त दाबी भुक्तानी कार्यक्रममा बुटवल शाखा प्रवन्धक सन्तोष कुँवर क्षेत्री, पाल्पा उपशाखा प्रमुख संगीता ढुंगाना लगायत कम्पनीका अभिकर्ता तथा मार्केटिङ्ग म्यानेजरहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*