बीमा प्राधिकरणले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताको अवधि थप

१७ कार्तिक २०८०, शुक्रबार १२:०२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताको म्याद थपिएको छ । कात्तिक १५ गते समाप्त भएको प्रतियोगिताको म्याद मंसिर मसान्तसम्म थपिएको हो ।

प्राधिकरणले आयोजना गरेको उक्त प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले प्राधिकरणले तोकेको शिर्षकमा तोकिएको नियमहरुको अधिनमा रही आफ्नो निबन्ध नेपाल बीमा प्राधिकरणको सम्बन्धित प्रदेश कार्यालयमा मंसिर समान्तसम्म पेश गरी भाग लिन सक्नेछन् ।

प्राधिकरणले निबन्धका लागि ‘देशको आर्थिक विकासमा बीमाको महत्व‘, ‘बीमाको विकासमा सूचना प्रविधिको भूमिका‘ र बीमाको विकास तथा विस्तारमा बीमा सचेतनाको महत्व‘ मध्येबाट आफूलाई सहज लाग्ने कुनै एक शिर्षकको निबन्ध लेखी पेश गर्नुपर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*