जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ४० अर्बमाथि, नेपाल, नेशनल र हिमालयन लाइफ अग्रस्थानमा ( सूची सहित)

१७ कार्तिक २०८०, शुक्रबार १३:४९

काठमाडौं । जीवन बीमा कम्पनीहरुले असोज महिनासम्ममा साढे ४० अर्बमाथि कुल बीमा शुलक आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

जीवन बीमा कम्पनीहरुले १ करोड ३८ लाख ६४ हजार ८५० वटा बिक्री गरेर उक्त बीमाशुल्क आर्जन गरेका हुन् । असोजमसान्तसम्ममा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

कम्पनीले यस अवधिसम्ममा १० अर्ब ९५ करोड कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

Source: Beema Pradikaran

दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले य ४ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा हिमालयन लाइफले ४ अर्ब ३८ करोड कुल बीमा शुलक आर्जन गर्न सफल भएको छ।चौथौ स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी झरेको छ।

कम्पनीले यसअवधिसम्ममा ४ अर्ब १९ करोड कुल बीमा शुलक आर्जन गर्न सफल भएको छ।

त्यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ सूर्यज्योति लाइफले २ अर्ब ३० करोड रुपैयाँ,एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड रुपैयाँ सिटिजन लाइफले १ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, अमेरिकी शाखाको रुपमा नेपालमा काम गर्दै आएको मेट लाइफ इन्स्योरेन्सले १ अर्ब ३६ करोड रुपैयाँ प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड र सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*