दुई लघु जीवन बीमा कम्पनीद्वारा ३० लाख बीमाशुल्क आर्जन

१७ कार्तिक २०८०, शुक्रबार १४:१६

काठमाडौं । हालै सञ्चालनमा आएका दुई लघु जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा ३० लाख ७० हरा बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार हालसालै सञ्चालनमा आएका गार्डियन माइक्रो लाईफ ईन्स्योरेन्स र क्रेष्ट माइक्रो लाईफ ईन्स्योरेन्सले पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म ३० लाख ७० हजार बीमा शुल्क आर्जन गरेका हुन् ।

गार्डियनले आर्थिक वर्ष ०८०/८१ को असोज मसान्तसम्म बीमा शुल्कबापत १९ लाख ३१ हजार आर्जन गर्दा क्रेष्टले ११ लाख ३९ हजार रुपैयाँ संकलन गरेको छ । सञ्चालनको इजाजत पाएका ६ लघुबीमा कम्पनीमध्ये दुई लघु जीवन बीमा र दुई लघु निर्जीवन बीमा कम्पनीले कारोबार गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*