जीवन बीमा कम्पनीद्धारा ३४ अर्ब रुपैयाँ नविकरण प्रिमियम संकलन

१७ कार्तिक २०८०, शुक्रबार १५:१५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्ममा ३४ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोजमसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब ८ करोड रुपैयाँ बराबरको नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले असोजमसान्तसम्ममा ९ अर्ब ३५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रोमा एलआईसी नेपाल रहेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीले ४ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

तेस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ। संस्थानले यसअवधिसम्ममा ३ अर्ब ९३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार हिमालयन लाइफले ३ अर्ब ८५ लाख रुपैयाँ, नेशनल लाइफले ३ अर्ब २८ करोड रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब ७८ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब १९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, सिटिजन लाइफले १ अर्ब ८ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ६ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९३ करोड ५६ लाख रुपैयाँ, आइएमई लाइफले ७६ लाख ५१ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले ६८ करोड ९१ लाख रुपैयाँ र सन नेपाल लाइफले ५८ करोड २२ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*