जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क गत आवभन्दा १५ प्रतिशतले बढ्यो (सूचीसहित)

१७ कार्तिक २०८०, शुक्रबार १७:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आवको असोज महिनामा १४ जीवन बीमा कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार गत आवको पहिलो त्रैमासिकको तुलनामा चालु आवमा १५ प्रतिशतले कुल बीमा शुल्क बढेको हो ।

जीवन बीमा कम्पनीहरुले गत आवको असोज महिनासम्म कुल ३५ अर्ब २५ करोड ६२ लाख बीमा शुल्क आर्जन गरेकामा चालु आवको असोज महिनासम्म जीवन बीमा कम्पनीहरुको ४० अर्ब ८० करोड १६ लाख कुल बीमा शुल्क आर्जन गरेका छन । जुन गत आवको तुलनामा १५.७३ प्रतिशतले बढी हुन आउछ ।

गत आवको तुलनामा दुई जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क रकम घटेको देखिन्छ । नेशनल लाइफ इन्स्योरेन्सले गत आवको असोज महिनामा ४ अर्ब ३८ करोड ४ लाख बीमाशुल्क आर्जन गरेकोमा चालु आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन ४ अर्ब १९ करोड २६ लाख मात्र रहेको छ ।

गत आवको असोज महिनासम्म ४ अर्ब ५१ करोड ७४ लाख कुल बीमा शुल्क आर्जन गरेको लाइफ इन्स्योरेन्स कर्पाेरेशनले चालु आवको सोही अवधिमा जम्मा ४ अर्ब ५्र० करोड ७८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, १२ जीवन बीमा कम्पनीहरुको भने गत आवको तुलनामा चालु आवमा कुल बीमाशुल्क रकम बढेको छ । चालु आवको असोज महिनासम्म १ अर्ब ११ करोड ६७ लाख कुल बीमा शुल्क आर्जन गरेको राष्ट्रिय बीमा संस्थानले चालु आवको सोही अवधिमा ४ अर्ब ५ करोड ६० लाख कुल बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै, सन नेपाल लाइफ, आईएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ लगायतका जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*