सानिमा रिलायन्स लाइफको पोखरा शाखाद्वारा २ फरक बीमा दावी भुक्तानी

१९ कार्तिक २०८०, आईतवार ११:३४

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखा कार्यालयले एक कार्यक्रमको आयोजना गरी दुई (फरक–फरक) बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीमा बैदेशिक रोजगारमा गएका राजन बिकले वैदेशिक श्रम जीवन बीमा गरेका थिए । वैदेशिक रोजगारीको शिलशिलामा उनको मृत्य भएपश्चात कम्पनीले बीमा दावी वापत १४ लाख रुपैयाँ बराबरको भुक्तानी दिएको छ । कम्पनीले बीमितका बुबालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा रिजनल म्यानेजर बिनोद त्रिपाठी र शाखा प्रमुख कमला शर्माको उपस्थिती रहेको थियो ।

त्यस्तै, कम्पनीले अर्का बीमित टेजाम्बो गुरुङको पनि प्राकृतिक मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले बीमीतले इच्छाएको व्यक्ति तथा उनका श्रीमानलाई बीमा दावी बापतको १५ लाख ९० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

No description available.

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*