रिलायबल नेपाल लाइफ इस्योरेन्सद्वारा स्वर्गीय ज्ञवालीको परिवारलाई एक करोड बढीको बीमा दावी रकम हस्तान्तरण

१९ कार्तिक २०८०, आईतवार ११:५३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी बापतको एक करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले गत बैशाखमा निधन भएका गैँडाकोट नगरपालिका वडा नम्बर १६, नवलपुरका स्वर्गीय प्रदिप ज्ञवालीको परिवारलाइ एक कार्यक्रम गरी एक करोड दुई लाख बराबर मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।

शनिबार स्वर्गीय ज्ञवालीको परिवारलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको गैँडाकोट शाखाले निवास मै पुगेर चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

नारायणगढ शाखाका शाखा प्रमुख रमेश आचार्य को अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कम्पनीका चितवन प्रदेशका प्रदेश प्रमुख राजेन्द्र पौडेल, विशिष्ट अतिथि गैडाकोट नगरपालिका १६ का वडा अध्यक्ष विनोद कुमार मल्ल, हाकिमचोक शाखाका शाखा प्रमुख राजकुमार दाहाल, वरिष्ठ एजेन्सि म्यानेजर विष्णु कुमारी कुवर लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले देशमा सबै परिवार र सदस्यले अनिवार्य बीमा गर्नुपर्ने बताउदै बीमा आफु हुँदा आफुलाइ पनि र नहुदा परिवारको समेत विशेष सहारा भएको बताएका थिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विशिष्ट अतिथि वडा अध्यक्ष मल्लले परिवार र समाजले कुशल व्यक्ति गुमाउदाको पीडामा आर्थिक हिसाबले केहि मलम लगाउने काम रिलायबलले गरेको र अब सबै परिवारले सानो ठुलो जति सकिन्छ बीमा गर्नुपर्ने र आफुले पनि सबै वडा बासिमा अनुरोध गर्ने बताए ।

कार्यक्रम सञ्चाालक गैडाकोट शाखाका प्रमुख नारायण पौडेलले स्वर्गीय ज्ञवालिले दुइ किस्ता वापत जम्मा चार लाख पचास हजार रुपैयाँ मात्र कम्पनीमा बीमा वापत बुझाएको र उनको परिवारले एक करोड दुई लाख रुपैयाँ पाएको जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा एमडीआरटी दुर्गा शर्मा, इन्दिरा दाहाल, प्रकाश थापा, एजेन्सि म्यानेजर नवराज पौडेल, लिलाधर कडेल, लगायत स्वर्गीय ज्ञवालिको परिवार, छिमेकि जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*