प्रभु महालक्ष्मी लाइफले गर्यो टार्गेट पुरा गर्ने ९७ जनालाई सम्मान

१९ कार्तिक २०८०, आईतवार १५:५१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमाशिक अवधिमा टार्गेट पुरा गर्नेलाई ९७ जनालाई विशेष सम्मान गरेको छ । कम्पनीले रिजनल म्यानेजर, डेपुटी रिजनल म्यानेजर, शाखा प्रमुख र अभिकर्तालाई सम्मान गरेको हो ।

उनिहरु मध्ये सेल्फ कोडबाट सर्वाधिक धेरै व्यवसाय भित्र्याउने राम प्रसाद घिमिरे, लक्ष्मण घिमिरे र सारदा कुमारी ओझा तथा ग्रुपबाट सर्वाधिक व्यवसाय गर्ने लक्ष्मण घिमिरे, निर्मला अर्याल र सरिता दाहाललाई विशेष सम्मान गरिएको चिफ मार्केटिङ अफिसर प्रशान्त धमलाले बताए ।

त्यस्तै, टार्गेट पुरा गर्ने तीन जना शाखा प्रमुखहरु रुपक आचार्य, टेकम धिताल र सन्दिप अधिकारीलाई सम्मान गरिएको छ । आचार्यले दिइएको टार्गेटको १८५ प्रतिशत, धितालले १६५ प्रतिशत र अधिकारीले १६३ प्रतिशत पुरा गरेको कम्पनीले जनाएको छ । आफ्नो क्षेत्रबाट टार्गेट पुरा गराउन महत्वपुर्ण भुमिका खेल्ने उप क्षेत्रिय प्रवन्धक कृष्ण प्रसाद पोखरेल र तेजेन्द्र न्यौपानेलाईसमेत सम्मान गरिएको छ ।

सौराहामा आयोजना गरिएको दुई दिने कार्यक्रममा पहिलो दिन टार्गेट पुरा गर्ने अभिकर्ता, शाखा प्रमुख, क्षेत्रीय प्रबन्धक तथा उप–प्रबन्धकहरुलाई सम्मान गरिनुका साथै पहिलो त्रैमाशिक अवधिको व्यवसायिक समिक्षासमेत गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइले कार्यक्रमको औचित्य प्रकाश गर्नुका साथै सहभागीहरुलाई प्रेरणात्मक भनाई प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सिनियर डेपुटी सिइओ सन्तोष प्रसाइ, डेपुटी सिइओ रामेश्वर श्रेष्ठ लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य चिफ मार्केटिङ अफिसर प्रसान्त धमलाले गरेका थिए भने कार्यक्रमको सञ्चालन योगेन्द्र खतिवडाले गरेका हुन् । सिताराम धिमाल लगायतले आ–आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

दोस्रो दिनमा विभागीय प्रमुख तथा क्षेत्रिय प्रमुखहरु विच व्यवसायिक रणनीति सम्बन्धी छलफल भएको थियो । मर्जर पछि कम्पनीले आफ्नो व्यवसायिक रणनीति परिवर्तन गर्दै आक्रामक बजार विस्तार गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*