पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन कुन प्रदेशबाट कति ? (तथ्यांकसहित)

१९ कार्तिक २०८०, आईतवार १७:००

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४० अर्व ८० करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन गरेको छ । कम्पनीहरुले असोज महिनासम्ममा बागमती प्रदेशबाट १९ अर्व ३२ करोड ७६ लाख ९३ हजार बीमा शुल्क संकलन गरेको छ ।

बाग्मती प्रदेश सबैभन्दा बढी जनसंख्या र व्यापारिक कारोबार भएको प्रदेश हो । जसका कारणले गर्दा बीमा कम्पनीहरुले यस प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन गर्न सफल भएका हुन । त्यस्तै, जीवन बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट पाँच अर्ब ८१ करोड २१ लाख रुपैयाँ, कोशी प्रदेशबाट चार अर्ब ८३

करोड ६९ लाख रुपैयाँ, मधेश प्रदेशबाट तीन अर्ब ४४ करोड ४५ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट चार अर्ब एक करोड ७६ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट दुई अर्ब २४ करोड ५८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, बीमा कम्पनीहरुले सबैभन्दा कम बीमा शुल्क कर्णाली प्रदेशबाट संकलन गरेको छ । कम्पनीहरुले कर्णाली प्रदेशबाट एक अर्व ११ करोड ९८ लाख रुपैैयाँ संकलन गरेको हो । संघिय सरकार देखि टाढा रहेको कम जनसंख्या भएको बीमा सम्बन्धि जनचेतनाको अभावको कारणले गर्दा कम बीमा शुल्क संकलन भएको हो ।

यस्तो छ जीवन बीमा कम्पनीहरुको असोज महिनासम्मको विभिन्न प्रदेशबाट संकलन गरेको कुल बीमाशुल्कको प्रदेशगत विवरण

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*