सन नेपाल लाइफद्वारा स्वर्गिय नेपालीको परिवारलाई १४ लाखको बीमा दाबी रकम हस्तान्तरण

१९ कार्तिक २०८०, आईतवार १७:४१

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गतको मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएका बागलुङका नैन सिङ नेपालीको परिवारलाई बीमा गरे वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

बागलुङ जिल्ला बागलुङ नगरपालिका १३, पैयुपाटा स्थायी घर भई रोजगारीको लागि साउदी अरब गएका नैन सिङ  नेपालीको ०८० अषाढ १३ गते रोजगारकै सिलिसलामा मृत्यु भएको थियो ।

वैदेशिक रोजगारीमा जानुअघि नैन सिङले कम्पनीबाट वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तरगत बीमा गराएका थिए । वैदेशिक रोजगारीमा गएको दुई दशक पछि उनको दुःखद मृत्यु भएपछि कम्पनीले उनको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तरगत उनका परिवारले सो रकम बुझेका हुन् ।

कम्पनीको बागलुङ उपशाखाका प्रमुख अनुप सुवेदीले मृतक नैन सिङ को श्रीमति पार्बती नेपालिलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरका हुन् । बीमा रकम बुझेपछि बीमाको आवश्यकता र महत्व राम्रोसँग बोध भएको प्रतिकृया दिँदै नेपालि ले सो रकम पाएपछि बीमा कम्पनीप्रति आभार व्यक्त गरिन् ।

साथै, उनले सो रकमले आर्थिक भार थेग्न सहयोग पुग्ने बताउदै भुक्तानी स्वरुप पायको केही रकम पुन आफ्नो नाममा बीमा समेत कम्पनीमा गराएकी छिन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*