आइएमई लाइफ इन्स्योरेन्सद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा १० लाख सहयोग

२० कार्तिक २०८०, सोमबार ११:२८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

कम्पनीले मिति कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत पुगोस् भन्ने हेतुले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

पीडित परिवारहरू प्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरि सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*