जाजरकोटमा सिटिजन लाइफको विशेष सहायता कक्ष तयार, सक्दो चाँडो बीमा दावी भुक्तानी गर्ने

२० कार्तिक २०८०, सोमबार १२:०९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा विशेष सहायता कक्ष तयार गरेको छ । कम्पनीले कठिन समयमा यथाशीघ्र जीवन बीमा दावी भुक्तानीको लागि सो विशेष सहायता कक्ष तयार गरिएको जनाएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गरी घाइतेहरुको शीघ्र एवं प्रभावकारी उद्धारको लागि आवश्यक सहयोग पुर्याउन पहल गरिसकेको र थप मद्दत गर्न सक्दो कदम चाल्ने जानकारी दिएको छ । साथै यस कठिन समयमा जीवन बीमा दाबी भुक्तानीको लागिसम्पूर्ण कर्मचारीहरू तथा अभिकर्ताहरुलाई विपदको घडीमा आ–आफ्नो क्षेत्रबाट बीमा दाबी लगायतका आवश्यक हरसम्भव सहयोग गर्न कम्पनीले आग्रह गरेको छ ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला वारेकोट गाँउपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर यही कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे गएको ६।४ म्याग्निच्यूडको भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको पूर्ण स्वास्थ्यलाभको कामना कम्पनीले गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*