बीमा प्राधिकरणका अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक पौडेल आईएआईएसको बार्षिक सम्मेलनमा भाग लिन जापानमा

२० कार्तिक २०८०, सोमबार १२:०७

काठमाडौं । जापानको राजधानी टोकियोमा यही नोभेम्वर ९ र १० गते हुन गइरहेको बीमा नियामकहरुको अन्तर्राष्ट्रिय संघ (आईएआईएस) को बार्षिक सम्मेलनमा नेपाल बीमा प्राधिकरणक अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलले भाग लिने भएका छन् ।

उक्त सम्मेलनमा भाग लिन प्राधिकरणका अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक पौडेल हिजो आइतबार जापान पुगेका छन् । उनीहरु शनिबार बेलुका नै काठमाडौंबाट उडेका थिए ।

आईएसआईएसको बार्षिक सम्मेलनमा विश्वभर बीमा नियमनका समस्या, चुनौति र बीमा नियमनको दायरालाई फराकिलो बनाउने लगायतका विषयमा दुई दिनसम्म विभिन्न सेसनहरुमा छलफल तथा अन्तरक्रियाहरु हुनेछन् ।
यही कार्तिक २३ गते स्थानीय समय अनुसार विहान ११ बजेदेखि सम्मेलन सुरु हुनेछ । सो सम्मेलनमा आईएआईएसको कार्यकारी समितिको बैठक समेत बस्नेछ । त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा जोखिमको अवस्था, तथ्याङ्क, पारदर्शीता, नियमकीय अभ्यास र जलवायु चुनौति विषयमा समेत छलफल हुनेछन् । त्यस्तै, बीमाको पुँजिको मापदण्डमा समेत छलफल हुनेछ ।

दुई दिने सो सम्मेलन कार्तिक २४ गते समापन हुनेछ । उक्त सम्मेलनमा नेपाली नियामकको तर्फबाट भाग लिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक पौडेलले भाग लिनेछन् । नियामकहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेका नेपाली टोलीले बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यास अनुरुपको नियमनबारे अनुभव आदान प्रदान हुनेछ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*