राष्ट्रिय जीवन बीमा कम्पनीको रुपमा दर्ता प्रक्रिया सुरु, तत्कालै नयाँ कम्पनीको रुपमा कारोबार शुभारम्भ हुने

२० कार्तिक २०८०, सोमबार १६:५८

काठमाडौं । बीमा ऐन २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान खारेज भएपछि अब राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको रुपमा कारोबार हुने भएको छ । राष्ट्रिय बीमा संस्थान ऐन अन्तर्गत संस्थापित राष्ट्रिय बीमा संस्थान अब कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई राष्ट्रि जीवन बीमा कम्पनी लि. को नामबाट कारोबार हुने भएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी लि.को दर्ता प्रक्रिया आजबाट औचापरिक रुपमा शुभारम्भ गरिएको संस्थानका प्रशासक कवि पाठकले जानकारी दिए । अब कम्पनी दर्ता हुने वित्तिकै नयाँ कम्पनीको रुपमा कारोबार शुभारम्भ हुनेछ । त्यसो त, कम्पनीले बीमा प्राधिकरणबाट लाईसेन्स लिने लगायतका थुप्रै प्रक्रिया पूरा गरेपछि मात्रै औपचारिक रुपमा बीमा पोलिसी जारी हुनेछ ।

फागुन ७, २०२९ सालदेखि जीवन बीमाको कारोबार औपचारिक रुपमा सुरु गरेको कम्पनीले छुट्टै ऐनद्धारा संस्थापित संस्थान अब कम्पनीको रुपमा परिवर्तन हुन लागेको हो । करिब ५० वर्ष इतिहास बोकेको कम्पनीले अहिले अधिकांश जीवन बीमा व्यवसायको हिस्सा सरकारी कर्मचारीहरुको बीमा गरेर जोगाईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*