एलआइसी नेपालद्वारा मंसिर १८ गते बार्षिक साधारणसभा आह्वान, के के छन् एजेण्डा, बुक क्लोज कहिले ?

२१ कार्तिक २०८०, मंगलवार १०:४५

काठमाडौं । एलआईसी नेपालले २१ औं बार्षिक साधारणसभाको बैठक आगामी मंसिर २१ गते आह्वान गरेको छ । जावलाखेलस्थित प्रशासनिक प्रतिष्ठानमा बोलाइएको आव २०७८।०७९ को बार्षिक साधारणसभामा मुख्य रुपमा तीन वटा एजेण्डा प्रस्तुत गर्ने जनाएको छ ।

यस पटक लाभांश नदिने भएकोले सो सम्बन्धी प्रस्ताव छैन । त्यस्तै, आव २०७८।०७९ को वित्तीय विवरण पारित गर्ने, लेखा परिक्षक नियुक्ती र सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव राखिएको छ ।

त्यस्तै, कम्पनीले बार्षिक साधारणसभा प्रयोजनको लागि आगामी मंसिर ११ गते बुक क्लोजको मिति तय गरेको छ । सो आधारमा मंसिर १० गतेसम्म नेपाल स्टकमा दर्ता भएका शेयरधनीहरुले भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*