५० वर्षे इतिहास बोकेको बीमा संस्थान अन्ततः कम्पनीमा रुपान्तरण, प्रशासक पाठक जिम्मेवारीबाट बाहिरिए

रिना खत्री
२१ कार्तिक २०८०, मंगलवार १५:०४

काठमाडौं । लामो समयको विवाद र व्यग्रप्रतिक्षापछि अन्ततः सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण भएको छ । बीमा ऐन २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान खारेज भएपछि संस्थान राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रुपान्तरण भएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएसँगै सोमबारदेखि कम्पनीमा रुपान्तरण भएको संस्थानका निवर्तमान प्रशासक कवि पाठकले बीमापोष्टलाई जानकारी दिए । संस्थान कम्पनीमा रुपान्तरण भएपछि अर्थमन्त्रालयको प्रावधान अनुरुप प्रशासक कवि पाठकको कार्यकाल सोमबारबाटै सकिएको छ । कार्यकाल सकिएसँगै उनी जिम्मेवारीबाट बाहिरिएका छन् ।

अर्थमन्त्रालयले वित्तीय विवरणमा समस्या देखिने भन्दै उनलाई दोस्रो कार्यकालको लागि नियुक्त गरेको थियो । तर, कम्पनीमा रुपान्तरण भएपश्चात् बोर्डले प्रशासक कवि पाठकको कार्यकाल थप गर्ने प्रस्ताव अस्वीकृत गरेर नयाँ प्रशासक नै पठाउने निर्णय गरेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको दर्ता प्रक्रिया सोमबारदेखि औचापरिक रुपमा शुभारम्भ गरिएको पाठकले बताए । कम्पनीमा रुपान्तरण भएपनि बीमा प्राधिकरणबाट लाइसेन्स लिने लगायतका थुप्रै प्रक्रिया पूरा गरेपछि मात्रै औपचारिक रुपमा बीमा पोलिसी जारी हुने बताइएको छ ।

फागुन ७, २०२९ सालदेखि औपचारिक रुपमा जीवन बीमाको कारोबार सुरु गरेको कम्पनीले छुट्टै ऐनद्वारा स्थापित संस्थानलाई कम्पनीको रुपमा परिवर्तन गर्न लागिएको छ । करिब ५० वर्षे इतिहास बोकेको कम्पनीले अहिले अधिकांश जीवन बीमा व्यवसायको हिस्सा सरकारी कर्मचारीको बीमा गरेर जोगाइरहेको छ भने अब कम्पनीमार्फत कारोबार गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*