राष्ट्रिय जीवन बीमा कम्पनीको कामु सीईओ महेश रिमाल

२१ कार्तिक २०८०, मंगलवार १६:२७

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको कायम मुकायम प्रमुख अधिकृतमा महेश रिमाल नियुक्त भएका छन् । उनी साविकको राष्ट्रिय बीमा संस्थानका नायव महाप्रबन्धक हुन् । सञ्चालक समितिको आज बसेको पहिलो बैठकले रिमाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण भएको छ । बीमा ऐन २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान खारेज भएपछि संस्थान राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रुपान्तरण भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*