निमित्तको जिम्मेवारी नदिई नेपाल बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना विदेश

२१ कार्तिक २०८०, मंगलवार १८:५८

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल यतिबेला बीमा नियमनकारीहरुको अन्तर्राष्ट्रिय संस्था आईएआईएसको सम्मेलनमा भाग लिन जापानमा छन् । दुवै जना विदेश गएपछि नेपाल बीमा प्राधिकरण नेतृत्व र जिम्मेवारी विहिन हुन पुगेको छ । दुवै जना शीर्ष नेतृत्व देश बाहिर भएपछि बीमा प्राधिकरण एक सातासम्म नेतृत्व विहिन हुने भएको छ । गत १८ गते जापानतर्फ गएकोमा आईएआईएसको सम्मेलन यही कार्तिक २४ गते सम्पन्न भएपछि कार्तिक २५ गते दुवै जना स्वदेश आईपुग्नेछन् ।

यही नोभेम्वर ९ र १० तारिखमा जापानमा हुन गइरहेको आईएआईएसको बार्षिक सम्मेलनमा भाग लिन दुवै जना गत शनिबार जापानतर्फ गएका हुन् । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना विदेश गएपछि नेतृत्व विहिन र जिम्मेवारी विहिन पुगेको हो । नेपाल बीमा प्राधिकरण नेतृत्व विहिन हुन पुगेको विषय अर्थ मन्त्रालयमा समेत उठेको छ । यद्यपि यसको जवाफ कसैसँग छैन ।

अर्थ मन्त्रालयले बीमा प्राधिकरणका अध्यक्ष विदेश जानुपर्ने भएकोले बिदा स्वीकृत गरेरै विदेश जानु भएको जनाएको छ । उता, बीमा प्राधिकरणका एक निर्देशकले प्राधिकरणको कुनै पनि काम नअड्किने र दैनिक प्रशासन तथा सबै कामहरु सुचारु रहेको जनाएका छन् । ति सदस्यले भने, मात्रै नयाँ प्रस्ताव स्वीकृत नहुने हो, अरु सबै काम भइरहेको छ ।

नेपालको प्रचलित कानुन बमोजिम कुनै पनि सरकारी निकायलाई जिम्मेवारी विहिन र नेतृत्व विहिन छोड्नै पाइदैन, कसै न कसैलाई प्रतिनिधि भएर काम गर्ने, महत्पूर्ण निर्णयहरु गर्न नपाउने र दैनिक काम काज सञ्चालन गर्ने गरी निमित्तलाई जिम्मेवारी सुम्पनुपर्दछ । तर, बीमा प्राधिकरणका दुवै जना विदेश जाँदा कसैलाई पनि जिम्मेवारी नदिइएको खुलेको छ । बीमापोष्टले सम्पर्क गरेका सञ्चालकहरुले अध्यक्ष सिलवालले निमित्तको जिम्मेवारी तोकिएको जानकारी नभएको बताए । त्यस्तै, कार्यकारी निर्देशकले समेत आफ्नो जिम्मेवारी समेत कसैलाई तोकिएका छैनन् । बरु, सबै कार्यकारी निर्देशकहरुलाई आफ्नो जिम्मेवारीमा रहेको काम गर्न लिखित निर्देशन दिएका छन् ।

उता, अर्थमन्त्रालयले भने अध्यक्षले जिम्मेवारी तोकेको विषय जानकारी नभएको जनाएको छ । त्यस्तै, कार्यकारीको हकमा भने दोस्रो तहका कर्मचारीले जिम्मेवारी लिने प्रचलन रहेको अर्थमन्त्रालयले जनाएको छ । अर्थका उच्च अधिकारीले भने, ‘अर्थ मन्त्रालयको सचिव ज्यु बाहिर कतै जानुभयो भने स्वतः दोस्रो तहका बरिष्ठ अधिकारीलाई जिम्मेवारी हुने व्यवस्था छ । बीमा प्राधिकरणको अध्यक्ष पद कार्यकारी पद हो । जहाँ सञ्चालक समितिको बैठकको अलावा दैनिक प्रशासन सम्बन्धी र अन्य धेरै कामहरु भइरहेका हुन्छन् ।

रोचक र आश्चर्यको कुरा के छ भने विभागीय जिम्मेवारी लिएर बसिरहेका कार्यकारी निर्देशकहरु सबैलाई आ–आफ्नो जिम्मेवारीमा रहेको काम गर्नु भनेर पत्र किन दिइयो ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*