एशियन लाइफले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने

२२ कार्तिक २०८०, बुधबार ११:१०

काठमाडौं । एशियन लाइफले इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न लागेको जनाएको हो ।

कम्पनीले सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्न संस्थापक शेयर परिवर्तन गर्न लागेको जनाएको छ । हाल कम्मनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले जनाएको छ । यसलाई परिमार्जन गरेर अब कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्न लागेको कम्पनीले बताएको छ ।

त्यस्तै, संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न इच्छा नभएमा शेयरधनीहरुलाई ७ दिनभित्र कम्पनीले लिखित जानकारी पेश गर्न आग्रह गरेको छ ।

साथै, तोकिएको समयावधिभित्र शेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने सूचनामा उल्लेख गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*