अभिकर्ताको परीक्षामा चिट चोर्नेले तीन महिना परीक्षामा सहभागी हुन नपाउने, एकको परिक्षा रद्द

२३ कार्तिक २०८०, बिहीबार १६:०९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्र सम्बन्धी अनलाइन परिक्षा लिन सुरु गरेको छ । प्राधिकरणले अनलाईन( जुम) मार्फत तीनवटा परिक्षा संचालन गरिसकेको छ। अभिकर्ताको परिक्षा संचालन गर्नुपूर्व प्राधिकरणले सर्भेयरहरुको परिक्षा संचालन गरेको थियो ।

हालसम्म बीमा प्राधिकरणले तीन सेसनमा बीमा अभिकर्ताको परिक्षा लिईसकेको छ भने दुई सेसनमा सर्भेयरहरुको परिक्षा लिईसकेको छ। अभिकर्ताको परिक्षा सफलतापूर्वक संचालन भएको छ भने एक सर्भेयरको भने परिक्षा रद्द भएको छ।

अनुत्तीर्ण भएका परिक्षार्थीहरुले तत्काल पुन परिक्षा दिन नपाउने व्यवस्था रहेको छ । पुन परिक्षाको आवेदन दिएर मात्रै परिक्षामा सहभागी हुन पाउनेछन् ।

परिक्षा सफलतापूर्वक संचालन भईरहेकोे अभिकर्ता शाखाका प्रमुख ओम बहादुर अधिकारीले बीमापोष्टलाई जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*