सिटिजन लाइफ संरचनागत र वित्तीय रुपमा बलियो बन्दै, यस्तो छ वित्तीय अवस्था

२४ कार्तिक २०८०, शुक्रबार ०९:४९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स संरचनागत र वित्तीय रुपमा बलियो हुँदै गएको छ । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले जारी गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणले संरचनागत र वित्तीय रुपमा बलियो हुँदै गएको देखाएको हो ।

सार्वजनिक रुपमा जारी विवरण अनुसार कम्पनीको नाफा गएको आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो आर्थिक वर्षमा १ दशमलव ६० प्रतिशतले वृद्धि भएको देखिन्छ । गएको आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३ लाख नाफा कमाएको सिटिजनले यो आर्थिक वर्षको तीन महिनाको अवधिमा ७ करोड १४ लाख ८५ हजार नाफा कमाएको छ ।

पहिलो त्रैमासमा १ अर्ब ५० करोड कुल बीमाशुल्क आर्जन गर्दै सिटिजनले अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि गराएको छ । गएको आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कुल बीमाशुल्क आर्जन २ दशमलव ६९ प्रतिशले बढेको हो ।

सिटिजनको कुल बीमाशुल्क आर्जनमध्ये १ अर्ब ८ करोड नवीकरण बीमाशुल्क र ४१ करोड ६० लाख प्रथम बीमाशुल्क छ । अघिल्लो वर्षको तुलनामा प्रथम बीमा शुल्क भने १४ दशमलव ३९ प्रतिशतले घटेको छ । नवीकरण बीमा शुल्कमा ११ दशमवल १७ प्रतिशतको वृद्धि भएको छ । पुनर्बीमा गरेर कम्पनीले १ अर्ब ४२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

कुल ३ अर्ब ७५ करोड चुक्ता पुँजी भएको सिटिजनको शेयर प्रिमियममा १ अर्ब ५५ करोड, महाविपद जगेडामा १४ करोड ५० लाख र अन्य जगेडामा ७० करोड ४३ लाख सञ्चिति छ । यसैगरी जीवन बीमा कोष ११ अर्ब ०७ करोड पुगेको छ । जुन ८ दशमलव २७ प्रतिशतको वृद्धि भनिएको छ ।

यस्तै, कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ अर्थात् किताबी मूल्य १८१ रुपैयाँ ४१ पैसा देखिएको छ । प्रकाशित तथ्याङलाई हेर्दा सिटिजन आधारभूत रुपमा बलियो हुँदै गएको अड्कल गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*