नेशनल लाइफको नाफामा बढोत्तरी, कस्तो छ वित्तीय अवस्था ? (विवरणसहित)

२४ कार्तिक २०८०, शुक्रबार १०:२६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घटेको छ ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी १० रुपैयाँ ४० पैसा र प्रति शेयर नेटवर्थ किताबी मूल्य १२९ रुपैयाँ १२ पैसा छ । गत आर्थिक वर्षको सोही अवधिमा नेशनलको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८८ पैसा थियो ।

नेशनल लाइफको नाफा गएको आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो आर्थिक वर्षमा शून्य दशमलव २४ प्रतिशतले बढेको छ । गएको आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ९९ लाख नाफा कमाएको नेशनलले यो आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ०२ लाख नाफा कमाएको छ ।

कम्पनीले यो आर्थिक वर्ष ३ महिनाको अवधिमा ४ अर्ब १९ करोड कुल बीमाशुल्क आर्जन गरेको छ । कुल बीमाशुल्कमध्ये ३ अर्ब २८ करोड नवीकरण बीमाशुल्क र ९० करोड ७२ लाख प्रथम बीमाशुल्क छ । गएको आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कुल बीमाशुल्क आर्जन ४ दशमलव २५ प्रतिशतले घटेको छ भने प्रथम बीमा शुल्क ७ दशमलव ६५ प्रतिशतले बढेको देखिन्छ ।

नेशनलको नवीकरण बीमाशुल्क ७ दशमलव ०८ प्रतिशतले ऋणात्मक देखिएको छ । कम्पनीले पुनर्बीमा गरेर मात्रै ४ अर्ब १० करोड खुद बीमाशुल्क आर्जन गरेको छ । कुल ५ अर्ब ०१ करोड चुक्ता पुँजी रहेको नेशनलको शेयर प्रिमियममा २ करोड ७८ लाख, महाविपद जगेडामा ४८ करोड ३९ लाख, रिटेण्ड अर्निङ्मा ४९ करोड ८ लाख र अन्य जगेडा कोषमा ४५ करोड ७० लाख सञ्चिति छ । यस्तै, जीवन बीमा कोष भने ६८ अर्ब ०८ करोड पुगेको छ । जहाँ ३ दशमलव ४९ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*