आइएमई लाइफको नाफा उच्च अंकले वृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था (विवरणसहित)

२४ कार्तिक २०८०, शुक्रबार ११:१८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको नाफा उच्च अंकले वृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गएको आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षमा ७६ दशमलव २१ प्रतिशतले नाफा वृद्धि भएको हो ।

गएको आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३९ लाख नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ०३ लाख कमाएको छ । आइएमई लाइफले पहिलो ३ महिनामा १ अर्ब १० करोड कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २६ दशमलव ३६ प्रतिशतले बढी हो । कम्पनीको प्रथम बीमाशुल्क समेत ५८ दशमलव ८५ प्रतिशतले बढेको छ । नवीकरण बीमा शुल्कमा पनि वृद्धि भएको छ । जुन १८ दशमलव २९ प्रतिशतको वृद्धि भएको हो ।

आइएमई लाइफले पुनर्बीमा गरेर १ अर्ब ३ करोड खुद बीमाशुल्क आर्जन गरेको छ । कुल ४ अर्ब चुक्ता पुँजी भएको कम्पनीको शेयर प्रिमियममा १ अर्ब ५३ करोड, महाविपद जगेडामा १३ करोड ४५ लाख, रिटेण्ड अर्निङमा ६६ करोड ९ लाख र अन्य जगेडा कोषमा ५५ करोड ७ लाख सञ्चिति छ । कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ४६ करोड रुपैयाँ जम्मा भएको छ । जुन ५ दशमलव ०३ प्रतिशतको वृद्धि हो ।

आइएमई लाइफको प्रति शेयर आम्दानी १३ रुपैयाँ ०४ पैसा र प्रतिशेयर नेटवर्थ अर्थात् किताबी मूल्य १७१ रुपैयाँ ९९ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*