मेट लाइफको नाफा झण्डै ५ प्रतिशतले वृद्धि, जीवन बीमा कोषमा २४ अर्ब (वित्तीय विवरणसहित)

२४ कार्तिक २०८०, शुक्रबार १२:०३

काठमाडौं । मेट लाइफको नाफामा बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार मेट लाइफको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव ८९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ८२ लाख नाफा कमाएको कम्पनीले यो आर्थिक वर्षको यसै अवधिमा ९ करोड २५ लाख नाफा कमाएको छ ।

पहिलो ३ महिनाको अवधिमा मेट आइफले १ अर्ब ३६ करोड कुल बीमाशुल्क आर्जन गरेको छ । कुल बीमाशुल्कमध्ये १ अर्ब ६ करोड नवीकरण बीमाशुल्क र ३० करोड ३५ लाख प्रथम बीमाशुल्क छ । गत आर्थिक वर्षको तुलनामा कुल बीमाशुल्क आर्जन ४ दशमलव ४३ प्रतिशतले बढी हो ।

मेटलाइफको प्रथम बीमाशुल्क भने ९ दशमलव ४१ प्रतिशतले घटेको छ । नवीकरण बीमाशुल्कमा ९ दशमलव ३३ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले पुनर्बीमा गरेर १ अर्ब ३१ करोड खुद बीमाशुल्क आर्जन गरेको छ ।

मेट लाइफको महाविपद जगेडामा ४२ करोड १८ लाख, रिटेण्ड अर्निङमा २ अर्ब २७ करोड र अन्य जगेडातर्फ ८६ करोड ७५ लाख सञ्चिति छ । र, जीवन बीमा कोष २४ अर्ब ९२ करोड पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*