सर्पले डसेर मृत्यु भएकी बीमितको सिटिजन लाइफद्वारा दाबी भुक्तानी

२४ कार्तिक २०८०, शुक्रबार १३:३८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स बर्दघाट शाखाले दाबी भुक्तानी गरेको छ । सर्पले डसेर बीमितको असामायिक निधन भएपछि कम्पनीले घरमै गएर २ लाख १० हजार बराबरको दाबी भुक्तानी गरेको हो ।

कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बीमित जमुना खत्री छेत्रीको छोरी सारु पौडल क्षेत्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको जनाएको छ ।

कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दघाट शाखा प्रमुख विजय मरासिनी, साथी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर चौधरी, प्रबन्धक गिरिजेश यादव, रिण संयोजक किरण भण्डारी, शेयर सदस्यहरु साथै सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*