रिलायबल नेपाल लाइफले जाजरकोट भूकम्प प्रभावितलाई ५ लाखको कम्बल प्रदान गर्ने

२४ कार्तिक २०८०, शुक्रबार १५:१२

काठमाडौं । रिलायबल नेपाल लाइफले जाजरकोट भूकम्प प्रभावितलाई राहत प्रदान गर्ने भएको छ । कम्पनीले जाजरकोट नलगाड नगरपालिकालाई ५ लाख बराबरको कम्बल प्रदान गर्ने घोषणा गरेको हो ।

कात्तिक १७ गते राति ११ः४७ बजे गएको भूकम्पबाट प्रभावितहरुलाई राहत तथा उद्धारका लागि विभिन्न संघसस्थाहरुबाट सहयोग उपलब्ध भईरहेको छ । यसैबीच रिलायबल नेपालले पनि सहयोग गर्ने निर्णय गरेको छ । यसबाट भूकम्प पीडितहरुलाई केही हदसम्म सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

साथै कम्पनीले भूकम्प प्रभावित क्षेत्रमा रहेका आफ्ना अभिकर्ता र कर्मचारीहरुलाई उद्धार तथा राहत कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*