प्रभु महालक्ष्मी लाइफले गर्यो भूकम्प पीडितलाई १० लाख सहयोग

२४ कार्तिक २०८०, शुक्रबार १६:२७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जाजरकोट भूकम्प पीडितका लागि रु. १० लाख सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो क्षति पुर्याएको छ । सो भूकम्पबाट पीडितहरुको खोजि, उद्धार, राहत तथा पुनस्र्थापना कार्यका लागि प्रभु महालक्ष्मी लाइफले प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा सो रकम उपलब्ध गराएको हो ।

यसबाट भूकम्प प्रभावितहरुलाई राहत तथा उद्धारमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*