रिलायबल नेपाल लाइफ संरचनागत र वित्तीय रुपमा बलियो बन्दै, यस्तो छ समग्र वित्तिय अवस्था

२५ कार्तिक २०८०, शनिबार १३:२७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सामान्य अंकले बृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ८२ रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको असोज महिनासम्ममा कम्पनीको महाविपत्ती कोषमा १३ करोड ८ लाख रुपैयाँ, संचिती जगेडा कोषमा १ अर्ब १३ करोड ४७ लाख ९८ हजार रुपैयाँ रहेको छ कम्पनीले शेयर प्रिमियम मार्फत १ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ ।

यसका साथै, समीक्षा अवधिमा कम्पनीले पाँच अर्व रुपैयाँको जीवन बीमा कोष खडा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो कोषको आकार पाँच अर्ब ९७ करोड रुपैयाँको रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब १ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८९ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिमा ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८५ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । साथै, कम्पनीले ३२ करोड ३६ लाख रुपैयाँ प्रथम बीमा शुलक र ६८ करोड ९१ लाख रुपैयाँ नविकरण मार्फत कमाएको छ ।

समिक्षा अवधिमा कम्पनीले ११ करोड ९२ लाख रुपैयाँ अभिकर्ता कमिशनमा र पुनर्बीमा मार्फत ८ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ ।असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा र प्रति शेयर नेटवर्थ १ सय ७६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*