झण्डै साढे ८ अर्बको चुक्ता पुँजी भएको नेपाल लाइफको बीमाशुल्क आर्जन र मुनाफा दुबै बढ्यो, प्रतिशेयर आम्दानी कति ?

२५ कार्तिक २०८०, शनिबार १४:५६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म एनएफआरएस विधिबाट वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १०.२५ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले १४ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । असोजसम्ममा लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढ्न पुगेको छ ।कम्पनीले लगानी तथा कर्जाबाट ३ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १३.९८ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ३ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसको कुल दावी भुक्तानी ३ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।गत वर्ष ४ अर्ब ३७ करोड थियो । हाल यस कम्पनीले चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

यसको रिटेन अर्निङमा ७९ करोड ३३ लाख छ । ग्रस कम्पनीको कन्ट्याक्ट लियाबलिटिज् (जीवन बीमा कोष) १ खर्ब ७५ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

प्रथम त्रैमासमा कम्पनीले १० अर्ब ८२ करोड रुपैयाँ बराबरको खुद बीमा  शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ८.८९ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ९ अर्ब ९३ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको थियो ।

यसको प्रतिसेयर आम्दानी थोरैले बढेर ७ रुपैयाँ ७ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ७ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ७२ पैसा रहेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*