प्रभु महालक्ष्मी लाइफको मुनाफा ५० प्रतिशतले बढ्यो, दिर्घकालीन लगानीमा पुँजि थप

२५ कार्तिक २०८०, शनिबार १५:३१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । प्रथम त्रैमासको एनएफआरएसको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ५० प्रतिशतले वृद्धि भएको देखिएको छ।

यस त्रैमासको अवधिसम्ममा १० करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीको कुल बीमाशुल्क आर्जन दोब्बरले वृद्धि भएको छ। तीन महिनाको अवधिमा एनएफआरएस अनुसार कम्पनीले १ अर्ब १५ करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

खुद बीमाशुल्कको आधारमा हेर्ने हो भने प्रथम त्रैमासको अवधिसम्ममा हेर्ने हो भने पनि शतप्रतिशतले वृद्धि भएको देखिएको छ।१ अर्ब १२ करोडरुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

कम्पनीको चुक्ता पुँजि ४ अर्ब २९ करोड रुपैयाँ,बीमा कोषमा ७ अर्ब ८६ करोड महाविपत्ती कोषमा ७ करोड ९२ रुपैयाँ र संचिती जगेडा कोषमा ५९ करोड ७१ लाख रुपैयाँ रहेको छ ।कम्पनीले अभिकर्ता कमिशनमा १३ करोड ५१ लाख रुपैयाँ रकम छुट्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनील ७ करोड ८६ लाख रुपैयाँ रकम छुट्याएको थियो ।

प्रथम त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ३५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११८ रुपैयाँ १४ पैसा रहेको छ ।

यस अवधिमा कम्पनीले २१ करोड ३९ लाख रुपैया, २ करोड २१ लाख एकल बीमाशुल्कर ९३ करोड ७६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

कम्पनीले आफनो दिर्घकालीन लगानीको दायरा तीन गुणाले बढाएको छ। गत बर्षमा ३ अर्ब ९३ करोड रुपैयाँ दिर्घकालीन लगानी गरेको कम्पनीले यस बर्ष दायरा बढाएर ९ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*