नेपाल लाइफ र नेशनल लाइफमा कसको अवस्था कस्तो ? एनएफआरमा आधारित तथ्याङ्कसहित

२५ कार्तिक २०८०, शनिबार १८:२३

काठमाडौं । नेपाल लाइफ र नेशनल लाइफ दुवै कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । नेपाल लाइफ र नेशनल लाइफ दुवै प्रतिस्पर्धी कम्पनी हो । नेपाल लाइफ नेपालको सबैभन्दा ठूलो कम्पनी हो भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो नम्वरमा पुग्ने उद्देश्य लिएर तीव्र प्रगति गरिरहेको कम्पनी हो । दुवै कम्पनीका बीचमा तथ्याङ्कमा अझै धेरै ग्याब त छ तर बृद्धिका आधारमा कतिपय कुराहरुमा नेशनल लाइफले लिड गर्ने अवस्था आउन लागेको तथ्याङ्कले औल्याएको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार दुई कम्पनीको तुलनात्मक अध्ययन तथ्याङ्कको आधारमा हेरौं ।

जीवन बीमा कोषका आधारमा नेपाल लाइफको जीवन बीमा कोषमा एक खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ भने नेशनल लाइफको जीवन बीमा कोषमा ६८ अर्ब रुपैयाँ संचिती रहेको छ । त्यस्तै, रिजर्भ कोष दुवैको लगभग समान जस्तै छ ।

कूल बीमा शूल्क आम्दानी
कूल बीमा शुल्क आम्दानी नेपाल लाइफको १० अर्ब रुपैयाँ रहेको छ भने नेशनल लाइफको चार अर्ब रुपैयाँ रहेको छ ।

कूल आम्दानीः दुई कम्पनी मध्ये नेपाल लाइफको कूल आम्दानी १५ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, नेशनल लाइफको कूल आम्दानी पाँच अर्ब ७९ करोड रुपैयाँ रहेको छ । कूल खर्चको आधारमा नेपाल लाइफको १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने नेशनल लाइफको पाँच अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

खुद मुनाफाको आधारमा: नेपाल लाइफ र नेशनल लाइफ लगभग नजिकै देखिएको छ । नेपाल लाइफले १५ करोड ७९ लाख ३० हजार मुनाफा कमाउँदा नेशनल लाइफले १३ करोड दुई लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै, प्रतिशेयर आम्दानीको आधारमा नेशनल लाइफको १० रुपैयाँ प्रतिशेयर आम्दानी रहेको छ भने नेशनल लाइफको ८ रुपैयाँ रहेको छ । नेटवर्थ प्रतिशेयर १२९ रुपैयाँ नेशनलको हुँदा नेपाल लाइफको १२५ रुपैयाँ रहेको छ ।

समग्रमा नेशनल लाइफ तीव्र प्रगति पथमा अघि बढिरहेको छ भने नेपाल लाइफ उत्कृष्ट पहिलो स्थानमा बलियोसँग उभिएको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*