सन नेपाल लाइफ संरचनागत र वित्तीय रुपमा बलियो बन्दै, यस्तो छ समग्र वित्तीय अवस्था

२६ कार्तिक २०८०, आईतवार १०:३८

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सामान्य अंकले बृद्धि भएको छ ।

कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले १६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड २३ रुपैयाँ नाफा कमाएको थियो । जुन गत आर्थिक वर्षको तुलनामा १ दशमलव ९१ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा कम्पनीले ९४ करोड ४६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनी ८५ करोड १३ लाख रुपैयाँ बराबर खुद बीमा शुल्क कमाउन सफल भएको छ ।

चालु आवको तीन महिनामा कम्पनीले आठ करोड तीन लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा आठ करोड ८३ करोड रुपैयाँ बराबरको रकम अभिकर्ता कमिशनमा खर्च गरेको थियो । कम्पनीको यस्तो कमिशन खर्च गत आवको तुलनामा सामान्य अंकले घटेको छ ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब रुपैयाँ सन्चित रहेको छ । कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६७ पैसा र प्रति शेयर नेटवर्थ १८१ रुपैयाँ ७३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*